मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओठलाई मुलायम र स्वस्थ राख्न के गर्ने ?

काठमाडौं – जाडोमामा ओठ फुस्रो, रुखो, फुट्ने जस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा ओठको सौन्दर्य जोगाइराख्न वा मुलायम बनाउन बजारमा लिप बामलगायत थुप्रै उत्पादन पाइन्छन् ।

ओठको रङ व्यक्तिअनुसार फरक–फरक हुनसक्छ । नरम एवं मुलायम र गुलाबी ओठलाई स्वस्थ अनि आकर्षक मानिन्छ । ओठको सौन्दर्यलाई जोगाइराख्न लिप बामको प्रयोग गर्ने, पर्याप्त मात्रामा पानी पिउने, घरबाहिर हिंडडुल गर्दा खासगरी बाइकमा यात्रा गर्दा मास्क प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यसैगरी धेरै चिसो वा धेरै तातो खानेकुराले पनि ओठमा असर गर्छ । ओठलाई खराब बनाउने धुम्रपान पनि हो । यी कुरामा ख्याल गरेर ओठलाई सुरक्षा गर्न सकिन्छ ।

खासगरी जाडोको लागि भनेर बजारमा विभिन्न कम्पनीका लिप बाम ल्याउने गरिन्छ । तर कतिपय कमसल र केमिकलयुक्त हुने भएकाले त्यसले ओठको सौन्दर्यमा असर गर्न सक्छ । त्यसैले राम्रो ब्रान्डको ग्लिसिरिनयुक्त, मोइस्चराइजर बढी भएको लिप बाम प्रभावकारी हुन्छ ।

सनस्क्रिनयुक्त लिप बामको प्रयोग गर्दा राम्रो हुन्छ । किनभने यतिबेला चर्को घामको असर छालामा जस्तै ओठमा पनि पर्न सक्छ । लिप बाम राति सुत्नुभन्दा अगाडि, बिहान मुख धोएपछि र मेकअप गर्नुभन्दा अघि लिप बाम लगाउनु जरुरी हुन्छ ।

मोइस्चराइजरयुक्त लिपिस्टिकले ओठलाई मुलायम र राम्रो बनाउन मद्दत गर्छ । तर खाली म्याटको लिपिस्टिक मात्रै प्रयोग गर्न भने हुँदैन । यसले ओठलाई झन् कालो बनाउँछ । सकेसम्म सेमी म्याट प्रयोग गर्नु उपयुक्त हुन्छ ।

लिपिस्टिक लगाउनुअघि र पछि पनि लिप बाम लगाउनु आवश्यक छ । यसले ओठलाई फुट्न दिंदैन । ओठलाई मुलायम राख्न मद्दत गर्छ । ओठलाई मुलायम र स्वस्थ राख्न पर्याप्त पानी खाने, फलफूल बढी खाने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?