मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सम्मानित

काठमाडौं – कृष्णप्रसाद कोइराला स्मृति सम्मानबाट पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सम्मानित भएका छन् । कृष्णप्रसाद कोइराला स्मृति परिषदले मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा ‘पिताजी कृष्णप्रसाद कोइराला स्मृति सम्मान-२०८०’ बाट श्रेष्ठलाई सम्मान गरेको हो ।

नेपाली कांग्रेसका वरिष्ठनेता डा. शेखर कोइरालाले श्रेष्ठलाई सम्मान गरेका हुन् । कोइराला कृष्णप्रसादका नाति हुन् । कार्यक्रममा बोल्दै नेता कोइरालाले सङ्घीयता राम्रो व्यवस्था भएको बताएका छन् । आज ‘पिताजी कृष्णप्रसाद कोइराला स्मृति सम्मान-२०८०’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अगाडि उनले भने, “तर, जसरी केन्द्रीकृत शासन व्यवस्था हामी चलाइरहेका छौँ, त्यसले सङ्घीयतामाथि प्रहार गरिरहेको छ र हामीलाई यो खराब हो भन्ने परिरहेको छ ।”

केन्द्रको अधिकारहरूलाई संविधानतस् तल झार्न सकेको खण्डमा अहिले सङ्घीयता खराब हो भनेर व्याख्या गर्नेहरू नै सङ्घीयता ठीक हो भन्नेतिर लाग्ने नेता कोइरालाको ठोकुवा छ ।

उनले यस ढङ्गबाट सुशासन दिन नसकिएको बताए । “भ्रष्टाचार दिनानुदिन बढिरहेको छ । दण्डहीनताले पराकाष्ठा नाघिसक्यो । जवाफदेही कोही छैनन् । उत्तरदायी छैनन् । पारदर्शीको त कुरै भएन । अनि हामी के भन्छौँ भने हामी लोकतान्त्रिक गणतन्त्रमा छौँ भन्छौँ । यसलाई कसरी हामीहरूले राम्रो पार्नसक्ने रु त्यतातिर सबैको ध्यान जानु जरुरी छ,” नेता कोइरालाले भने ।

सम्मान कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पार्टीका नेताहरुमा संविधानप्रतिको निष्ठा र जवाफदेहिता जति मात्रा देखाउनुपर्ने हो त्यति देखाउन नसकेको बताए। उनले संविधानमा देखिएका अप्ठ्याराहरुका लागि अब संविधान पुनरावलोकन गर्न सकिने बताए।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधान जतिसुकै राम्रो लेखे पनि कार्यान्वयनबाट जनताले पाउने हक भनेको सेवा, सुरक्षा र विकास हुनेमा जोड दिए। पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशित गरेको ‘टावरिङ जजेज्ः अ कम्प्यारेटिभ स्टडी अफ कन्स्टिच्युसनल जजेज्’ पुस्तकमा विभिन्न १४ देशका पछिल्लो शताब्दीका १९ जना असाधारण नामी प्रधानन्यायाधीशहरूसँगै ‘टावरिङ जजेज्’को सूचीमा सूचीकृत गरिएको छ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेसनल कमिसन अफ जुरिस्ट ‘आईसीजे’ को आयुक्त हुन्।प्रधानन्यायाधीशबाट अवकाशपछि श्रेष्ठ २०७३ पुसमा पहिलो पटक आयुक्तमा निर्वाचित भएका छन्।

दोस्रो पटक पाँच वर्षे कार्यकालका लागि श्रेष्ठ २०७८ मा आयुक्तमा पुन निर्वाचित भएका हुन् । स्विट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था आईसीजेमा लब्धप्रतिष्ठित न्यायाधीश, संविधानविद् तथा कानुनविद्हरू रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?