मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेता रमित ढुंगानाले फिल्म ‘नमेटिने घाउ’ निर्माण तथा निर्देशन गर्ने

काठमाडौं – अभिनेता रमित ढुंगानाले फिल्म ‘नमेटिने घाउ’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । मंगलबार सामाजिक सञ्जालबाट उनले सोसल-ड्रामा फिल्मको घोषणा गरेका हुन् ।

अभिनेता ढुंगानाले बनाउन लागेको फिल्म ‘नमेटिने घाउ’मा एसिड आक्रमण पीडितको कथावस्तुमा आभारित रहने छ । यसअघि उनले एसिड पीडित किशोरी मुस्कान खातुनको बायोपिक ‘मुस्कान’ बनाउने तयारी गरेका थिए । तर त्यसलाई स्थगित गरेर अन्य एसिड पीडितलाई पनि समेटेर फिल्म बनाउन लागेको उनले जनाए ।

अभिनेता ढुंगाना स्वयंको निर्माण रहने फिल्ममा मुस्कान आफैंले आफ्नो चरित्र निर्वाह गर्नेछिन् । एसिड आक्रामणपछिको दृश्यमा उनको अभिनय रहने जनाइएको छ ।

एसिड आक्रामण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्ने भएकी छन् । उनले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । उनले आधा दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । बुधबारबाट वर्कसप सुरु भएको फिल्मको आगामी माघ १५ गतेबाट छायांकन सुरु हुनेछ ।

मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगञ्जको रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो ।

एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ । फिल्मका लागि उनले केही समयदेखि अभिनय सिकिरहेकी छन् । उनको फिल्म निर्माणका लागि वीरगञ्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?