मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै टिपाउन सकिने

काठमाडौं । सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै टिपाउन सकिने भएको छ । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने सुविधा सञ्चालनमा ल्याएको हो ।

सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरी अनलाइन गुनासो लिन सुरु गरिएको मन्त्रालयका उपसचिव एवं इकाईका संयोजक रमेश पाण्डेयले जानकारी दिए । मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइकनमा क्लिक गरेर वा सोझै गुनासो दर्ता गर्न सकिन्छ ।

प्राप्त गुनासोको अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा लेखी पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने संयोजक पाण्डेयले सुनाए ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकामा नेपालमा सामाजिक सञ्जालको रूपमा सञ्जालनमा रहेका सबै प्लटेफर्मलाई तीन महिनाभित्र सूचीकरण गर्न निर्देशन दिइएको छ ।

सामाजिक सञ्जाल प्लेटफर्म जुनसुकै देशबाट सञ्चालन भएपनि नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । प्लेटफर्मले तोकेको सम्पर्क व्यक्तिमार्फत प्रयोगकर्ताको गुनासो सम्बन्धित प्लेटफर्ममा पठाइने संयोजक पाण्डेयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?