मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रिय परिचयपत्रकै बायोमेट्रिक्स प्रयोग गरेर राहदानी दिनेबारे छलफल

काठमाडौं – राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको विवरण प्रयोग गरी राहदानी वितरण गर्नेबारे सम्बन्धित निकायबीच छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभागले प्रयोग गर्दै आएको विवरण प्रयोग गरी सेवाग्राहीलाई राहदानी वितरण गर्नेबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला तथा परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भएको हो ।

सोही छलफलपछि परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ ।

पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर नै राहदानी विभागले प्रयोग गरेर सेवाग्रहीले अनलाइनमार्फत राहदानीका लागि आवेदन दिन पाउने र हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्ने व्यवस्था गर्ने बताइएको छ । यसका साथमा सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिनु पर्ने झन्झट समाप्त हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?