मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मण्डलामा नाटक ‘मासिन्या’ मञ्चन हुने

काठमाडौं– सोनाम लामाको परिकल्पना तथा कलाकार बुद्धि तामाङको निर्देशनमा तयार पारिएको नाटक ‘मासिन्या’ थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुने भएको छ । मंगलबार नाट्य समूहले पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो ।

उक्त नाटकको कथा लक्ष्मी रुम्बा, राजु स्याङ्तान अनि रावतले लेखेका हुन् ।

तामाङ समुदायको कथा बोकेको नाटक ‘मासिन्या’को मञ्चन यही माघ ११ देखि २८ गतेसम्म सोमवार बाहेक हरेक दिन साँझ ५ बजे एक/एक शो गरिने आयोजकले जनाएको छ । यस्तै शनिवार दिउँसो २ बजे र साँझ ५ बजे गरी २ शो मञ्चन हुनेछन् ।

आयोजकका अनुसार तामाङ समुदायले लामो समयदेखि भोग्दै आएका विभिन्न समस्यालाई नाटक ‘मासिन्या’ मार्फत् प्रस्तुत गरिएको छ ।

कला, संस्कृति र परिवेशलाई विशेष रुपमा उठाइएको नाटकमार्फत दर्शकले तामाङ समुदायलाई नजिकबाट बुझ्न सकिने निर्माण टिमले जनाएको छ ।

नाटकमा कलाकारहरु इङ्गिहोपो कोँइच सुनुवार, रोहनी लामा, रमिला मोक्तान, सानुमाया तामाङ, विजय नेपाल, सुनील तामाङ, सचिन लामा, रविन दोङ, रूपेश लामा लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?