मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँ हातले खाना खान लाज मान्नु हुन्छ ? यस्ता फाइदा गुमाउँदै हुनुहुन्छ

हिन्दूधर्मको वेदहरुका अनुसार हात सबैभन्दा महत्वपूर्ण अंग हो । यस्तै हातका प्रत्येक औँला पाँच तत्वको विस्तार हो । बुढी औँलाले अन्तरिक्षलाई बुझाउँछ । त्यस्तै चोर औँलाको साथ हावा (वायु) जोडिनेछ ।

माइली औँला (मध्य औँला) ले अग्नीलाई जनाउने छ । साइली औँलाले शुद्ध पानीलाई जनाउँने छ भने कान्छी औँलाले पृथ्वीको प्रतिनिधित्व गर्दछ । त्यसैले हातले खाना खाँदा यी पाँच तत्व उत्तेजित हुने गर्दछ । यस्तै पेटमा पाचन रसको उत्पादन गर्नमा पनि यसले मद्दत गर्दछ ।

हातले खाना खाँदा प्राप्त हुने फाइदाबारे जानकारी राखौँ ।

हातले खाना खाँदा तातो खानाका कारण मुख पोल्नबाट बचाउँनेछ । किन भने हातले खाना छुने बित्तिकै उक्त खाना कति तातो या चिसो छ भन्ने कुरा थाहा पाउन सकिने छ । तर चम्चाले खाना खाने हो भने तातो या चिसोबारे जानकारी लिन सकिँदैन । यसका साथै चम्चाको तापमान खानाको तापक्रम अनुसार बदलिने गर्दछ ।

हातले खाना खाँदा हातका औँलाहरु आपसमा मिलेर जुन मुद्रा बन्छ, त्यसले शरीरमा विशेष ऊर्जा उत्पन्न हुनेछ । र शरीर स्वास्थ रहनेछ ।

खाना खानु पहिले तथा खाइसकेपछि हात धुने क्रममा विशेष ध्यान दिन आवश्यक छ । चम्चाले खाना खानुभन्दा हातले खाना खाँदा लाभदायक हुनेछ ।

हातले खाना खाँदा शरीरमा पञ्चतत्वहरुको सन्तुलन रहने छ । यसो गर्नाले हातको सञ्चालन अर्थात अभ्यास पनि हुनेछ ।

हातले खाना खाने हो भने टाइप २ डाइभिटिज (मधुमेह) बाट पनि टाढा रहन बल पुग्ने छ ।

हातले खाना खाँदा हात, मुख, पेट, आँत तथा मस्तिष्कको बीच एक सम्बन्ध बनाउँने छ । यसबाट शरीरको भित्री संकेतमार्फत खाना सजिलै पचाउने छ ।

शोधकर्ताहरुका अनुसार हातले खाना खाँदा राम्रोसँग पेट भरिनेछ । तृप्ति मिल्नेछ, यस्तै तौल घटाउनका लागि पनि हातले खाना खाए सहयोगी हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?