मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् रुघाखोकी लागेको समयमा खान नहुने खानेकुराहरू 

चिसो मौसम सुरु भएपछि रुघाखोकीका बिरामीहरू पनि बढ्ने गर्छन् । गर्मियामको तुलनामा जाडो महिनामा रुघाखोकी लाग्ने समस्या धेरैलाई हुने गर्छ । कसै कसैलाई त चिसो मौसम भरि नै स्वर बस्ने, घाटी दुख्ने, रुघा लाग्ने गर्दछ । 

रुघाखोकी लागेको बेला प्रशस्त तातो झोलिलो चिज खान, तातो पानी पिउन लगायतका उपाय अपनाउन चिकित्सकहरू सल्लाह दिन्छन् । रुघाखोकी लागेको बेला विशेष गरी खानेकुरामै ध्यान दिए औषधिको प्रयोग अनिवार्य रूपमा गर्नु नपर्ने चिकित्सकहरूको भनाइ छ । 

ध्यान दिनुपर्ने खानेकुराहरू :

चिसो चीजहरू

यदि तपाईँ चिसो मौसममा खोकीबाट हैरान हुनुहुन्छ भने तपाईँले चिसो चिजहरू खानु हुँदैन । यस्तोमा तपाईँले आइसक्रिम वा चिसो पानी वा जुस पिउनुहुन्न ।

कफी

कफीमा पाइने क्याफिनले घाँटीको मांसपेशीहरूलाई डिहाइट्रेड गर्ने काम गर्छ जसले खोकीको समस्या बढाउन सक्छ । त्यसैले रुघाखोकी लागेको बेला कफी पिउन लाभदायक हुँदैन ।

दूध

विज्ञहरूका अनुसार रुघाखोकी लागेमा दूध पिउनुबाट बच्नुपर्छ । दूध पिउँदा छातीमा कफ बढ्छ, जसले खोकीको समस्या बढाउँछ । खोकी लागेको समयमा डेरी उत्पादनका चिजहरूबाट टाँडै रहनुपर्छ । 

चिनी 

यदि रुघाखोकी लागेको छ भने चिनीको सेवन गर्नुहुँदैन । यसले छातीमा इन्फ्लेमेसनको समस्या हुन्छ र यसले ट्रिगर गर्ने काम गर्दछ । यति मात्र होइन, चिनीले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाएर खोकी र चिसो बढाउन सक्छ ।   

अल्कोहल 

अल्कोहलले पनि छातीमा समस्या बढाउँछ । यसले छातीमा इन्फ्लेमेसनको समस्या बढाउँछ । अल्कोहल सेतो रक्त कोषहरूको लागि पनि खतरनाक हुन्छ जसले शरीरको उपचार प्रक्रियालाई ढिलो गर्दछ । 

फ्राई खाना

मनसुनमा, मानिसहरूलाई प्राय चिया र तातो पकौडा धेरै मन पर्छ । तर यदि तपाईँलाई ब्याक्टेरियाको सङ्क्रमणको कारणले रुघाखोकी छ भने, भुटेका चीजहरूको भुलेर पनि सेवन गर्नु हुँदैन । फ्राइड र ओइली खानाले  रुघाखोकीका बिरामीहरूलाई थप गम्भीर बनाउँछ । 

प्रशोधित खाना

खोकी वा रुघाको समस्या भएमा प्रशोधित खाना खानु हुँदैन । सङ्क्रमणको समयमा बट्टामा राखिएको खाना, बजारमा पाइने केचअप जस्ता चिजहरू खानु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?