चिसो मौसम सुरु भएपछि रुघाखोकीका बिरामीहरू पनि बढ्ने गर्छन् । गर्मियामको तुलनामा जाडो महिनामा रुघाखोकी लाग्ने समस्या धेरैलाई हुने गर्छ । कसै कसैलाई त चिसो मौसम भरि नै स्वर बस्ने, घाटी दुख्ने, रुघा लाग्ने गर्दछ ।
रुघाखोकी लागेको बेला प्रशस्त तातो झोलिलो चिज खान, तातो पानी पिउन लगायतका उपाय अपनाउन चिकित्सकहरू सल्लाह दिन्छन् । रुघाखोकी लागेको बेला विशेष गरी खानेकुरामै ध्यान दिए औषधिको प्रयोग अनिवार्य रूपमा गर्नु नपर्ने चिकित्सकहरूको भनाइ छ ।
ध्यान दिनुपर्ने खानेकुराहरू :
चिसो चीजहरू
यदि तपाईँ चिसो मौसममा खोकीबाट हैरान हुनुहुन्छ भने तपाईँले चिसो चिजहरू खानु हुँदैन । यस्तोमा तपाईँले आइसक्रिम वा चिसो पानी वा जुस पिउनुहुन्न ।
कफी
कफीमा पाइने क्याफिनले घाँटीको मांसपेशीहरूलाई डिहाइट्रेड गर्ने काम गर्छ जसले खोकीको समस्या बढाउन सक्छ । त्यसैले रुघाखोकी लागेको बेला कफी पिउन लाभदायक हुँदैन ।
दूध
विज्ञहरूका अनुसार रुघाखोकी लागेमा दूध पिउनुबाट बच्नुपर्छ । दूध पिउँदा छातीमा कफ बढ्छ, जसले खोकीको समस्या बढाउँछ । खोकी लागेको समयमा डेरी उत्पादनका चिजहरूबाट टाँडै रहनुपर्छ ।
चिनी
यदि रुघाखोकी लागेको छ भने चिनीको सेवन गर्नुहुँदैन । यसले छातीमा इन्फ्लेमेसनको समस्या हुन्छ र यसले ट्रिगर गर्ने काम गर्दछ । यति मात्र होइन, चिनीले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाएर खोकी र चिसो बढाउन सक्छ ।
अल्कोहल
अल्कोहलले पनि छातीमा समस्या बढाउँछ । यसले छातीमा इन्फ्लेमेसनको समस्या बढाउँछ । अल्कोहल सेतो रक्त कोषहरूको लागि पनि खतरनाक हुन्छ जसले शरीरको उपचार प्रक्रियालाई ढिलो गर्दछ ।
फ्राई खाना
मनसुनमा, मानिसहरूलाई प्राय चिया र तातो पकौडा धेरै मन पर्छ । तर यदि तपाईँलाई ब्याक्टेरियाको सङ्क्रमणको कारणले रुघाखोकी छ भने, भुटेका चीजहरूको भुलेर पनि सेवन गर्नु हुँदैन । फ्राइड र ओइली खानाले रुघाखोकीका बिरामीहरूलाई थप गम्भीर बनाउँछ ।
प्रशोधित खाना
खोकी वा रुघाको समस्या भएमा प्रशोधित खाना खानु हुँदैन । सङ्क्रमणको समयमा बट्टामा राखिएको खाना, बजारमा पाइने केचअप जस्ता चिजहरू खानु हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया