मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब एआईले सिकाउने छ व्यायाम,अमेरिकामा खुल्यो व्यायामशाला

काठमाडौँ – अब व्यायाम समेत आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईले सिकाउने भएको छ । 

अमेरिकामा यस्तै एआईलाई प्रशिक्षकका रूपमा प्रयोग गरिएको व्यायामशाला सञ्चालनमा आएको हो । टेक्सासमा ल्युमिन फिटनेस नामक व्यायामशालामा मानिसहरू एआई प्रशिक्षकको साथमा व्यायाम गर्छन् ।

त्यसका लागि ढोकामा  सेन्सर राखिएको छ । जसले व्यायाम गरिरहेका हरेक मानिसमाथि निगरानी गर्ने मात्र नभएर गरिरहेको अभ्यास ठिक भयो कि भएन भनेर बोलेर सचेत बनाउने काम पनि गर्छ । 

व्यक्तिले लगाएको हेडफोनमा एआई प्रशिक्षकको सुझाव सुनिने गर्छ । व्यायामशालाको भित्तामा एलईडी स्क्रिन पनि राखिएको छ । यो स्क्रिनको माध्यमले एआई प्रशिक्षकले एकै पटक १४ जनालाई व्यायाम प्रशिक्षण गराउनेछ ।

व्यायाम सामग्रीको पनि एआईले निगरानी गर्नेगर्छ ।  व्यायामशालाका सिईओले यसलाई मानव प्रशिक्षकको विकल्पका रुप हेर्न नमिल्ने बताएका छन । मानिसहरूलाई केही फरक र रमाइलो अनुभव होस् भन्ने उद्देश्यले मात्र एआईको प्रयोग गरिएको सिईओ बै्रैंडन बीनले बताएका छन् । 

विज्ञहरू पनि एआई व्यायामशालाको प्रशिक्षकको विकल्प नभएको तर एआईको प्रयोग गर्न सकियो भने यसले व्यायाम गर्नेहरूलाई फाइदा पुर्‍याउने विश्वास गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?