मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एप्पलले आफ्नो आईफोन १६ प्रो र १६ प्रो म्याक्समा नयाँ क्याप्चर बटन ल्याउने चर्चा 

काठमाडौँ— एप्पलले आफ्नो आईफोन १६ प्रो र १६ प्रो म्याक्समा नयाँ क्याप्चर बटन ल्याउने चर्चा चलेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार एप्पलले बेसलाइन आईफोन १६ र आईफोन १६ प्लस सहित सम्पूर्ण आईफोन १६ रेञ्जमा क्याप्चर बटन परीक्षण गरिरहेको छ ।

यसको अतिरिक्त फङ्गसन्सको बारेमा पनि केही थप विवरणहरू प्राप्त भएको जीएसएमएरिनाले उल्लेख गरेको छ ।

क्याप्चर बटन नयाँ आईफोन १६ डिभाइसको लोअर राइट–ह्याण्ड साइडमा अवस्थित एक फिजिकल बटन हुनेछ । 

जसले इन्सट्यान्ट इमेज क्याप्चर र भिडियो रेकर्डिङको लागि काम गर्ने बताइएको छ । 

त्यसका साथै नयाँ विवरणहरूका अनुसार यसले फोकस गर्नका लागि हाफ–प्रेस र तस्बिर खिच्न वा भिडियो रेकर्डिङ सेसन सुरु गर्नलाई फूल–प्रेस अफर गर्ने पनि जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?