काठमाडौँ— चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ‘स्मार्टवाच’को आयात घटेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार नेपालमा ‘स्मार्टवाच’को आयात घटेको देखिएको हो ।
चालु आर्थिक वर्ष २०८०-८१ को पुस मसान्तसम्म १६ करोड २७ लाख ८७ हजार बराबरको १ लाख ३३ हजार ९७७ यूनिट ‘स्मार्टवाच’ आयात भएको छ ।
गत आर्थिक वर्ष २०७-८० को सोही अवधिको तुलनामा चालु आवमा ‘स्मार्टवाच’को आयात ३३.२ प्रतिशतले घटेको छ ।
चालु आवमा ‘स्मार्टवाच’को आयातबाट सरकारले ५ करोड ३ लाख ७९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
नेपालमा करिब २३ मुलुकबाट ‘स्मार्टवाच’ आयात हुने गरेको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया