मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन

बारा – भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा आज प्राण प्रतिष्ठान भएको खुसियालीमा गढीमाई मन्दिरमा आज साँझ एक लाख ५१ हजार दीप प्रज्वलन गरिएको मन्दिरका पुजारी मङ्गल चौधरीले जानकारी दिए ।

सो अवसरमा जिल्लाका अधिकांश ठाँउमा कलश यात्रा,भजन मण्डली, किर्तन गरिएको थियो । आजका दिन गढीमाई मन्दिरलाई भव्यरुपमा सजाइएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिए । उनले यहाँका स्थानीय स्वतः आएर मन्दिरमा दीप प्रज्वलन गरेको बताए ।

नेपाल र भारतको सदियौँदेखिको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ भएर जाने नगरप्रमुख यादवको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?