मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्ततः फिल्म ‘सिटामोल’ बन्ने पक्का, छायांकन केही दिनमै सुरु हुने

काठमाडौं । अन्ततः निर्माणको घोषणा भएको करिब २ बर्षपछि फिल्म ‘सिटामोल’को छायांकन सुरु हुने भएको छ । राज बहादुर सानेको निर्देशनमा तयार हुन लागेको यो फिल्मको छायांकन केही दिनमै सुरु हुन लागेको वुझिएको छ ।

फिल्म ‘हात्तीछाप’को प्रचारमा रहेका नायक सौगात मल्लले पनि अब आफूले ‘सिटामोल’लाई समय दिन लागेको बताएका छन् । उनले, फिल्म ‘बलिदान’को पनि छायांकन केही समय सुरु नहुने भन्दै आफूले अब ‘सिटामोल’लाई समय दिन लागेको बताए ।

यस्तै, फिल्मकी नायिका बेनिशा हमालले पनि फिल्मको छायांकन अब केही दिनमै सुरु हुने बताइन् । उनले भनिन्–‘९–१० मा फिल्मको छायांकन सुरु हुने कुरा छ । अहिले म स्क्रिप्ट नै पढिरहेको छु ।’

सामाजिक कथामा बन्न लागेको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । यो फिल्मको छायांकन वि.सं २०७९ वा जेठबाट सुरु हुने बताइएको थियो ।

तर, फिल्मको छायांकन बारम्बार पोस्टपोन्ड भएको थियो । अब भने, फिल्म ‘सिटामोल’ बन्ने पक्का भएको छ । सामाजिक कथामा बन्न लागेको यो फिल्मलाई लिएर नायक मल्ल र नायिका हमाल उत्साहित छन् । बेनिशा र सौगातले फिल्म ‘झ्यानाकुटी’मा एकसाथ काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?