काठमाडौं – बलिउड अभिनेता ऋतिक रोशन अहिले एउटै फिल्मको करोडौं फिस लिन्छन् । फिल्म रिलिजको डेट नजिकिँदै गर्दा यतिबेला उनी फाइटरको प्रमोशनमा व्यस्त छन् । जनवरी २५ मा फिल्म रिलिज हुँदैछ ।
तेसो त बलिउड अभिनेता ऋतिक भारतको दोस्रो धनी अभिनेता हुन् । पहिलो नम्बरमा अभिनेता शाहरूख खान छन्। ऋतिकसँग धेरै सम्पत्ति रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । उनी एउटा फिल्मको ७५ देखि १०० करोड भारू पारिश्रमिक लिन्छन्।
उनी एक विज्ञापन गरेको १० देखि १२ करोड भारू लिन्छन् भने सामाजिक सञ्जालमार्फत प्रमोसनल भिडिओ हालेको ४-५ करोड भारू पारिश्रमिक लिन्छन्। उनीसँग आफ्नै कम्पनी छ।
यसैबीच सेलिब्रिटी फोटोग्राफर डब्बु रतनानीले ऋतिकबारे केही खुलासा गरेका छन् । हालै एक अन्तरवार्तामा डब्बुले बताए अनुसार ऋतिकको पहिलो फोटोशुट उनले गरेका थिए ।
ऋतिक रोशनको फोटोशूटका लागि भनेर डब्बुले आफ्नो साथीको ज्याकेट मागेर ल्याइदिएका थिए । यो फोटो सुट ऋतिकको पहिलो फिल्म ‘कहो ना प्यार है’ आउनु अघि गरिएको थियो ।
त्यति बेला डब्बुसँग पनि आफ्नै स्टुडियो थिएन । त्यसैले उनले ऋतिकलाई आफ्नै घरमा बोलाएका थिए । ऋतिकले फोटो शूटका लागि केही तयारी गरेका थिएनन् । तर उनी छिटै सुट गर्न चाहन्थे । डब्बु स्कुलमा ऋतिकका सिनियर थिए । शूटलगत्तै उनले दुई दिन दिनभित्रै पेमेन्ट गरिदिन ऋतिकलाई भनेका थिए । केही फोटो खिच्दै ऋतिक रोशन स्टार हुन् भन्ने डब्बुले थाहा पाइसकेका थिए ।
तर उनलाई ऋतिक राकेश रोशनको छोरा हुन् भन्ने कुरा चाँहि थाहा थिएन । उनले आफ्नो बारेमा नामबाहेक अरु केही पनि बताएका थिएनन् । उनले जुन कन्फिडेन्शका साथ फोटो खिचाइरहेका थिए, त्यो देखेर डब्बु छक्क परेका थिए । उनको एक्सप्रेशन देखेर हैरान थिए डब्बु ।
ऋतिकलाई तत्कालै फोटो चाहिएको थियो । ऋतिकको पहिलो फोटो शूटका फोटोहरु देखेपछि राकेश रोशनले डब्बुलाई फोन गरेर उनको तारिफ गरेका थिए । चिनेको मान्छे भएकोले डब्बुले आधा मात्रै पैसा लिन्छु भनेका थिए । तर फोटोशूट पछि २ हप्तासम्म पनि ऋतिकले पैसा पठाएनन् । त्यतिबेला डब्बुलाई कर्मचारीलाई तलब खुवाउन पैसाको खाँचो थियो । उनले आफ्नो असिस्टेन्टलाई फोन गर्न लगाएर पैसा मागे । सोही रात राकेश रोशनले पूरै पैसा पठाइदिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया