मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अगस्त्यमा मलिका महत बनिन् चाँदनी

काठमाडौं – फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ चर्चामा छ । फिल्मका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको हो ।

यसैबिच, यसको निर्माणपक्षले टिजर रिलिजको ३ दिन अगाडि नायिका मलिका महतको लुक्स सार्वजनिक गरेको छ । यो फिल्ममा मलिका ‘चाँदनी’को भूमिकामा देखिदैछिन् ।

फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन । सौरभ चौधरीको निर्देशनमा तयार भएको यो फिल्ममा कलाकार तथा निर्देशक निश्चल बस्नेतको पनि मुख्य भूमिका छ ।

यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?