मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय अभिनेता सैफ अली खान अस्पतालमा भर्ना

काठमाडौं – भारतीय अभिनेता सैफ अली खान अस्पतालमा भर्ना भएका छन् । सोमबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका हुन् ।

समाचार एजेन्सी दैनिक भाष्करका अनुसार फिल्मको सुटिङको क्रममा उनको घुँडा र काँध फ्र्याक्चर भएको थियो । यसका कारण उनी अस्पतालमा भर्ना भएका हुन् । सैफलाई यो चोट कसरी लाग्यो भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।

समाचार स्रोत अनुसार अस्पतालमा सैफसँगै उनकी पत्नी तथा अभिनेत्री करिना कपुर खान पनि छिन् । यसबारे अहिलेसम्म धेरै जानकारी आएको छैन ।

सैफलाई फिल्मको सुटिङका क्रममा यो चोट लागेको हुन सक्ने अनुमान गरिएको छ । अभिनेताको घुँडा र काँधका हड्डी भाँचिएको खबर आइरहेको छ । चिकित्सकले उनको शल्यक्रिया गर्न भनेका छन् । जसका कारण उनलाई आज बिहान अस्पताल भर्ना गरिएको हो ।

सैफ अली खान प्रायः आफ्नो फिल्मका कारण चर्चामा रहन्छन् । सैफ यतिबेला आफ्नो आगामी फिल्म देवरा पार्ट वनका कारण हेडलाइनमा छाइरहेका छन् । उनी साउथको फिल्म देवरामा बहिराको भूमिकामा देखिँदैछन् । यस फिल्ममा साउथका सुपरस्थार जुनियर एनटीआर मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?