मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विष्णुसँग गायिका एलिना चौहानको प्रेममा ब्रेकअप !

काठमाडौं – गायिका एलिना चौहानको ब्रेकअपको खबर सार्वजनिक भएको छ । अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग प्रेममा रहेकी उनको ब्रेकअप भएको हो ।

गायिका एलिना प्रेम सम्बन्धमा रहेको चर्चा सेलाउन नपाउँदै ‘धोकेबाज गायिका’ को उपमा पाएकी एलिना चौहानले निजी जीवनमा आफैँ धोका खाएकी छिन् । उनले विष्णुसँगको प्रेममा ब्रेकअप भएको पुष्टि आफैले गरेकी छिन् ।

अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम ठीक एक वर्ष अगाडि सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् ।

एलिनाले विष्णुसँग विवाहको योजनासमेत बुनिरहेकी थिइन् । यही वर्षको मंसिर विवाह हुन सक्ने उनी आफ्ना साथीहरूलाई बताउने गर्थिन् । तर, अहिले उनको प्रेम टुटेको निकट स्रोतले बताएको छ ।

जादुमयी स्वरकी धनी एलिना अहिले सबैभन्दा डिमान्डेड गायिकामा पर्छिन् । ‘धोकेबाज हौ तिमी’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पुर्‍याएको छ । यही गीतका कारण देश तथा विदेशका स्टेज शोहरुमा उनको चर्को माग छ ।

‘विष्णुसँग मेरो केही अगाडि नै ब्रेकअफ भएको हो’, एलिनाले भनिन् ‘यो बिषय बाहिर आएको थिएन ।’ आफूले विष्णुलाई भुलेर अगाडि बढिसकेको समेत उनको भनाइ छ । ‘ब्रेकअपपछि म केही समय तनावमा थिएँ । त्यसबाट पनि अहिले राहत पाइसकेकी छु’, उनले भनिन्, ‘अब म त्यो प्रेम सम्झन चाहन्नँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?