मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इण्डियन आइडलको टपटेनमा पुगिन् मेनुका पौडेल

काठमाडौं – मेनुका पौडेल इण्डियन आइडलको १४ औं सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टपटेनमा प्रवेश गरिन् ।

बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन आइडलमा अन्तिम १० को समीकरण तयार भएको छ । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबारको उक्त एपिसोडबाट भएको हो ।

उक्त एपिसोडमा आगामी फिल्म ‘फाइटर’ प्रवर्द्धनका लागि अभिनेता ऋतिक रोशन पुगेका थिए । जसअनुसार ऋतिक अभिनित फिल्मका गीत गाएर एपिसोड विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगान समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?