मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अयोध्यामा श्रीरामको मूर्ति स्थापना समारोहमा बलिउड र साउथ स्टारका सेलिब्रेटीहरु सहभागी

काठमाडौं – अयोध्यामा श्रीरामको मूर्ति स्थापना गरिएको छ । नेपाली समय अनुसार पौने १ बजे भारतको अयोध्यामा श्रीरामको मूर्ति स्थापना गरिएको हो ।

श्रीरामको प्राण प्रतिष्ठा समारोहमा रणवीर कपुर आलिया भट्ट, कट्रिना कैफ विक्की कौशल, रोहित शेट्टी, माधुरी दीक्षित–डाक्टर श्रीराम नेने, आयुष्मान खुराना, चिरञ्जीवी, राम चरण, अनुपम खेर लगायत धेरै सेलिब्रेटीहरु सहभागी छन् ।

रणवीर धोती–कुर्ता र सल बोकेर अयोध्या पुगे भने उनकी पत्नी आलिया नीलो रंगको साडीमा मिल्दो सलमा आकर्षक देखिइन् । कट्रिना र विक्कीको जोडीले एकअर्काको हात समातेर पापाराजीको अगाडि पोज दिए ।

माधुरी दीक्षित पति माधव नेनेसँग अयोध्या पुगिन् । माधुरीले पहेंलो साडी लगाएकी थिइन् भने उनका श्रीमान् अफ ह्वाइट र मरुन पठानी सुटमा सजिएका थिए । अमिताभ बच्चन कुर्ता–पाइजामा लगाएर कारबाट ओर्लिए । कार्यक्रममा अमिताभसँगै उनका छोरा अभिषेक बच्चन पनि पुगेका छन् ।

आयुष्मान खुरानाले कुर्ता–पाइजामा सदारी र सल लगाए भने अभिनेता ज्याकी श्राफ हातमा मनी प्लान्ट लिएको देखिएका थिए । समारोहमा सहभागी हुन अभिनेता अयोध्या पुगेका छन् । यस क्रममा उनी पारम्परिक लुकमा देखिएकी थिए ।साउथ स्टार चिरञ्जीवी र छोरा राम चरण पनि अयोध्यामा देखिए । प्राण प्रतिष्ठामा चार हजार तपस्वी र ठूला व्यक्तित्वसहित करिब सात हजार पाहुनालाई निमन्त्रणा गरिएको बताइएको छ ।

यो मन्दिर निर्माणका लागि अहिलेसम्म धेरै आम र विशेष व्यक्तिले सहयोग गरिसकेका छन् । अक्षय कुमार, अनुपम खेर, पवन कल्याण र गुरमीत चौधरी लगायत धेरै सेलिब्रेटीले पनि मन्दिर निर्माणका लागि चन्दा दिएका छन् । अक्षय कुमारले एक्सनमा टाइगर श्राफसँगको भिडियो सेयर गरेका छन् । भिडियोमा अक्षयले रामको मूर्ति स्थापनाको लागि भारतवासीलाई बधाई दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?