मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दैनिक एक दाना अनारको सेवन गर्नु यति धेरै लाभदायी

अनार हामी सबैलाई मन पर्ने फलफूल हो । मानव स्वास्थ्यका लागि पनि यो निकै फाइदाजनक फलफूल हो । अनारको जुस पिउने महिला र पुरुषको यौन जीवन समेत निकै प्रभावकारी हुने अनुसन्धानले पत्ता लगाएको छ ।

अनार सँगसँगै यसको जुस सेवन पनि स्वास्थ्यका हिसाबले निकै लाभदायी मानिन्छ । अनारको जुसबाट टेस्टास्टेरानको मात्र तीव्र रूपमा बढ्छ । अनारको जुस पिउँदा शरीरमा तागत बढ्ने चिकित्सकहरू बताउँछन् ।

अनार र अनारको जुस पिउनुका फाइदाहरू :

–अनारको जुस पिउनाले मस्तिष्कको क्षमता पनि बढ्न जान्छ । साथै दिमागमा आउने नकारात्मक विचार र भावनालाई टाढा राख्न सहयोगी बन्छ ।

–अनारको जुसले मुटुलाई स्वास्थ्य राख्नका लागि ब्लड सर्कुलेसनलाई नियन्त्रित राख्न पनि सहयोग गर्छ ।

–अनारको १०० ग्राम जुसमा थोरै वीरे नुन र मह मिलाएर खानाले रगको मात्रा बढ्छ । पाचन शक्ति पनि मजबुत हुन्छ ।

–अनारको सेवनले मुटुसँग जोडिएको रोगबाट पनि बच्न सकिन्छ । दैनिक एउटा अनारको सेवनले क्यान्सर हुनबाट बच्न सकिन्छ ।

–अनारको जुस पिउँदा मनोवैज्ञानिक कमजोरीमा सुधार आउँदछ । यसले नेगेटिभ इमोशन कम गर्न सहायता गर्छ ।

–अनारको जुस सबैभन्दा फाइदाजनक गर्भवती महिलालाई हुन्छ । गर्भवती महिलामा शरीरमा रगतको कमीका कारण निर्धारित समय भन्दा पहिला सुत्केरी हुने समस्या आउन सक्छ । नियमित रूपमा अनारको प्रयोगले पेटमा रहेको बच्चालाई तन्दुरुस्त बनाउन सहयोग गर्छ ।

–अनारले शरीरमा कोलेस्ट्रोल मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ।

–अनारले पखाला लागेका र रगत मासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ ।

–अनारले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ र  यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसविरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । 

–अनारको जुसले कलेजको रक्षा गर्नुका साथै मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । 

–यसले छालालाई पनि फाइदा गर्छ आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाउँछ।

–अनारको सेवनले कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?