बलिउड अभिनेत्री मलाइका अरोडा अहिले ‘झलक दिखला जा’ मा जजका रूपमा छिन् । त्यसैमा एक प्रतिस्पर्धीको प्रस्तुतिले आफ्नो विगत सम्झेर उनी भावुक बनेकी छिन् ।
महाराष्ट्रको ठाणे मा जन्मिएकी मलाइका आमा बुबा अलग भएपछि बहिनीका साथ आमासँगै चम्बुर गएकी थिइन् ।
सेलिब्रेटी डान्स रियालीटि सो को नयाँ एपिसोडमा पहलवान संगीता फोगाटले कोरियाग्राफर भरत घरेका साथमा प्रस्तुति दिएकी थिइन् ।
राजनीतिक थ्रिलर ‘संघाई’ फिल्मकाे तथा अरिजित सिंह,नंदीनी श्रीकर र शेखर रनजियानीको स्वर रहेकाे ‘जो भेजी थी दुआ’ बोलको यो गीतमा उनको प्रस्तुति निकै सन्देश मुलुक थियो ।
यसको प्रस्तुतिमा मजदुर को को दुर्दशा देखाउँदै फोगाटले अथक मेहनतले अरूको घर बनाउने तर आफ्नै घर भने बनाउन नसक्ने दृश्य देखाएकी थिइन् ।
यही प्रस्तुति पछि भावुक बनेकी मलाईकाले आफू पनि सानोमा भाडाको घरमा बस्ने गरेको बताइन् । बाल्यकाल ताजा बनेर आएको बताएकी उनले प्रस्तुतिको कन्सेप्टको खुलेर तारिफ गरेकी थिइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया