मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मंगल ग्रहमा खोज गरिरहेको ‘इन्जेन्युइटी’ सँग सम्पर्क गुम्यो: नासा

काठमाडौँ— मङ्गल ग्रहमा खोज गर्न सहयोग गरिरहेको ‘इन्जेन्युइटी मार्स हेलिकप्टर’सँग आफूले सम्पर्क गुमाएको अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले जनाएको छ ।

यस हप्ताको सुरुमा नासाले यानसँग सम्पर्क गुमाएको हो । अब नासाले आफ्नो ‘इन्जेन्युइटी मार्स हेलिकप्टर’सम्म कसरी पुग्ने भनेर पत्ता लगाइरहेको छ ।

आफ्नो ७२ औँ उडानको क्रममा लगभग ४० फिटको उचाइमा ‘क्वीक पप–अप’ मा हुँदा ‘इन्जेन्युइटी’ले ‘पर्सिभेरन्स रोभर’सँग सञ्चार गर्नु अघि नै बन्द भएको नासाले जनाएको छ ।

‘पर्सिभेरन्स’ले हेलिकप्टरमा जाने र आउने सबै सञ्चारका लागि बिचमा रहेर काम गर्दछ ।  तर सानो हेलिकप्टरले योजना अनुसारको उडान पूरा गरेको नासाले जनाएको छ ।

नासाका अनुसार इन्जेन्युइटी टोलीले उपलब्ध डाटाको विश्लेषण गरिरहेको छ र हेलिकप्टरसँग सञ्चार पुनः स्थापना गर्ने उपायको खोज गरिरहेको छ । 

इन्जेन्युइटी २०२१ देखि मङ्गल ग्रहमा थियो, र यसले आफ्नो मिसन लक्ष्यहरू भन्दा धेरै पार गरेको छ । इन्जेन्युइटी मङ्गल ग्रहको सतहबाट उडान भर्ने पहिलो स्वचालित विमान हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?