मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हलिउड फिल्ममा देखिँदै सदगुरू

काठमाडौँ –  सदगुरु जग्गी वासुदेव हलिउड फिल्ममा देखिने भएका छन् । उनी सुपरस्टार जेनिफर लोपेजको फिल्म ‘दिस इज मी नाउः अ लभ स्टोरी’ मा देखिन लागेका हुन् । 

लोपेजले आफ्नो फिल्मको ट्रेलर सार्वजनिक गर्दा कलाकारको नाममा सदगुरुको नाम पनि समावेश गरेकी हुन् । तर सार्वजनिक भएको चलचित्रको ट्रेलरमा  भने सद्गुरु  देखिँदैनन् ।

यसले भारतीय फ्यानका लागि फिल्ममा केही महत्त्वपूर्ण सरप्राइज हुने विश्वास गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीसँगै  फिल्मको स्टार कास्टमा  ‘बेन एफ्लेक’, ‘ट्रेभर नोआ’, ‘सोफिया भर्गारा’, ‘केके पाल्मर’, ‘निल डे ग्रेस टायसन’, ‘नील डी ग्रास टायसन र ‘पोस्ट मेलोन’ रहेको देख्न सकिन्छ। यो फिल्म १६ फेब्रुअरीमा प्राइम भिडियोमा रिलिज हुँदै छ । 

जेनिफर लोपेजले आफ्नो इन्स्टाग्राममा यस फिल्मको ट्रेलर पोस्ट गर्दै भावुक नोट समेत लेखेकी छिन् । पोस्टमार्फत नै उनले यो परियोजना अहिलेसम्मकै सबैभन्दा व्यक्तिगत रहेको बताएकी छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?