मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पनौती’लाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने काम अन्तिम चरणमा

काठमाडौँ – काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि काम अन्तिम चरणमा पुगेको छ ।

२०५२ सालदेखि विश्व सम्पदा सूचीमा सूचिकृत गराउने पहल भए पनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन । तर, पछिल्लो समय स्थानीय सरकारको पहलमा पनौतीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन तीव्र तयारी गरिएको हो ।

पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौती क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने पहल भए पनि अहिलेसम्म सफल नभएको बताए ।

उनले नगरपालिकाले अहिले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन अन्तिम तयारीमा लागेको बताए । उनले युनेस्कोले दिएको मापदण्ड अधिकांश पूरा भइसकेकाले अब केही मापदण्ड पूरा गरेर पुरातत्त्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको बताए ।

उनले नगरपालिकाले अहिले संरक्षणका लागि व्यवस्थापकीय योजना निर्माण गरिरहेको बताए । उनले व्यवस्थापन योजना बनाइसकेपछि पुरातत्त्व विभाग हुँदै युनेस्कोमा तयारी रहेको बताए ।

उनले अबको दुई महिनाभित्रमा व्यवस्थापकीय योजना बनिसक्ने बताए । व्यवस्थापकीय योजना बनाइसकेपछि युनेस्कोमा पहल गर्ने उनको भनाइ छ । कानूनहरू नबन्दा पनि कतिपय स्थानमा समस्या उत्पन्न भइरहेको उनको भनाइ छ ।

नगर प्रमुख भण्डारीले मूर्त र अमूर्त गरी पनौतीमा मात्रै ७० बढी सम्पदाहरू रहेकाले यो सहर एउटा खुला सङ्ग्रहालय रहेको बताए ।
उनले स्वर्गलोकका राजा इन्द्र श्राप मुक्तका लागि आएर तपस्या गरी मुक्त भएको र मकर मेला लागेको लगायतका सांस्कृतिक जात्राहरूले भरिपूर्ण रहेको बताए ।

त्यस्तै पनौतीस्थित इन्द्रेश्वर महादेवका पुजारी रमेशप्रसाद जंगमले पनौति सहर धेरै पुरानो सहर भएकाले विश्व सम्पदा सूचीमा सूचिकृत हुनुपर्नेमा जोड दिए ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचिकृत गर्न प्रस्ताव गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?