मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुलियो मिठाइ ‘कटन क्याण्डी’ मा अखाद्य रङ फेला

काठमाडौँ – काठमाडौँका विभिन्न स्थानमा बिक्री हुने गरेको ‘कटन क्याण्डी’ प्रयोग नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सचेत गराएको छ ।

बालकालिकालाई लक्षित गरी तयार गरिएको गुलियो मिठाइ ‘कटन क्याण्डी’मा अखाद्य रङ मिसाएको पाइएको विभागले जनाएको हो । 

विभागको प्रयोगशाला गरिएको जाँचमा उक्त ‘कटन क्याण्डी’मा अखाद्य रङ (रोडामाइन बी) को प्रयोग भएको पाइएको विभागले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।

साथै अखाद्य रङको प्रयोग गरी ‘कटन क्यान्डी’ उत्पादन तथा बिक्री वितरण नगर्न पनि भनिएको छ । यस सूचनाको अटेर गरी उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही हुने चेतावनी विभागले दिएको छ ।

विभिन्न स्थानका सडक पेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला ‘कटन क्याण्डी’ विक्री वितरण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?