मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

काठमाडौँ –पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरेको छ। 

पुनविरुद्ध पौष २६ गते भरत मरासिनीले नियुक्ति खारेज गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

रासिनीको रिटमाथि सुनुवाइ गर्दै आइतबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो।

पुनको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर अदालतले नियुक्ति खारेज गरेको हो। आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको उच्च अदालत पाटनले जनाएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा पौष ४ गते बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

कार्यकारी निर्देशक पदमा नियुक्ति पश्चात् उनको योग्यता र मापदण्डको विषयलाई लिएर गौशाला क्षेत्रमा विरोधसमेत भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?