मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एप्पलको बहुचर्चित हेडसेट ‘भिजन प्रो’ मर्मत गर्न ३ लाख लाग्ने !

काठमाडौँ— एप्पलको बहुचर्चित हेडसेट ‘भिजन प्रो’बारे नयाँ विवरण आएको छ । 

अन्तर्राष्ट्रिय बजारमा ३ हजार ४९९ डलर मूल्य तोकिएको यो उपकरणको मर्मत खर्चबारे कम्पनीले नयाँ जानकारी बाहिर ल्याएको हो ।

२,३९९ डलर अर्थात् नेपाली तीन लाख रुपैयाँ बढी मर्मत खर्च लाग्न सक्छ । 

आउँदो २ फेब्रुअरीदेखि बजारमा उपलब्ध गराउने घोषणा गरेको एप्पलले हेडसेटको प्रि–अर्डर समेत खुलाइसकेको छ । 

यही अवसरमा कम्पनीले हेडसेटका थप विवरण समेत बाहिर ल्याइरहेको छ ।

जसमा विभिन्न मोडेलहरूको मूल्य साथै एप्पल केयर प्लस इन्स्योरेन्सबारे पनि जानकारी दिइएको छ । 

यो इन्स्योरेन्स पोलिसी खरिद गर्ने ग्राहकको हकमा मर्मत खर्च तुलनात्मक रूपमा कम पर्नेछ । त्यस्ता ग्राहकले आवश्यकता अनुसार बीमा सुविधा प्रयोग गर्न सक्छन् । 

बिग्रेको ‘भिजन प्रो हेडसेट’ बनाउन प्रत्येक पटक २९९ डलरसम्म शुल्क लाग्ने जनाइएको छ । 

तर यस्तो बीमा सुविधा नलिएका ग्राहकले भने मर्मत खर्चमा लाखौँ रकम तिर्नुपर्ने हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?