मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामसङको ग्यालेक्सी एस २४ सिरिज भारतमै उत्पादन हुने 

काठमाडौँ— दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले हालै लन्च गरेको स्मार्टफोनको नयाँ शृङ्खला भारतमा समेत उत्पादन हुने भएको छ ।

कम्पनीले सामसङ एस २४ सिरिजको उत्पादन भारतको उत्तर प्रदेश राज्य स्थित नोएडाको कारखानामा उत्पादन गरिने घोषणा गरेको छ ।

गत हप्ता मात्रै सामसङले ग्यालेक्सी एस २४ सिरिज लन्च गरेको थियो । 

यस शृङ्खलामा ग्यालेक्सी एस २४, ग्यालेक्सी एस २४ प्लस र ग्यालेक्सी एस २४ अल्ट्रा समावेश छ ।

सामसङको भारत इकाईका अध्यक्ष तथा सीईओ जेबी पार्कले यसअघि नै ग्यालेक्सी एस २४ सिरिज भारतमै उत्पादन हुने बताएका थिए । 

गत वर्ष लन्च गरिएको सामसङ ग्यालेक्सी एस २३ सिरिज पनि भारतको नोयडास्थित यहीँ कारखानामा निर्माण गरिएको थियो ।

यसैबिच अमेरिकी प्रविधि कम्पनी गुगलले पनि चाँडै नै आफ्नो फ्ल्यागशिप पिक्सेल ८ स्मार्टफोन भारतमै निर्माण गर्ने तयारी गरिरहेको छ । 

सामसङले नेपाली बजारमा पनि आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २४ सिरिजको प्रि बुकिङ्ग सुरु गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?