मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बीवाईडीको प्रिमियम गाडी अब नेपाली बजारमा, कति पर्छ मूल्य?

काठमाडौँ— चिनियाँ अटोमोबाइल ब्रान्ड बीवाईडीको प्रिमियम गाडी नेपाली बजारमा समेत उपलब्ध हुने भएको छ । 

बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले बीवाईडी सिल सार्वजनिक गरेको हो ।

साइमेक्सका अनुसार नेपाली बजारमा बीवाईडी सिल तीन भेरियन्ट बीवाईडी सिल डाइनामिक, प्रिमियम र पर्फमेन्स उपलब्ध हुनेछ । 

जसको मूल्य एक करोड पाँच लाखदेखि एक करोड ८५ लाखसम्म तोकिएको छ ।

सिलको डाइनामिक भेरियन्टमा ६१.४४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाटको मोटर जडान गरिएको छ । 

यसले ४६० किलोमिटर सम्म रेन्ज दिने बताइएको छ । त्यस्तै सिलको प्रिमियम भेरियन्टमा ८२.५६ किलोवाट आवरको ब्याट्री र २३० किलोवाटको मोटर राखिएको छ । 

साथै सिलको हाई भेरियन्ट अर्थात पर्फमेन्समा ८२.५६ किलोवाट आवरको ब्याट्री र ३९० किलोवाटको मोटर राखिएको छ । यसले ५२० किलोमिटर रेन्ज दिने बताइएको छ ।

बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका बजार प्रबन्धक समिर श्रेष्ठले गाडीको बुकिङ खुला भइसकेको बताए । 

गाडीमा ३६० डिग्री क्यामेरा, इन्टेलिजेन्ट पावर ब्रेक सिस्टम, ट्य्राक्सन कन्ट्रोल सिस्टम, अटो होल्ड, ट्राफिक साइन रिकग्निसन, लेन डिपार्चर वार्निङ,  ब्लाइड स्पट डिटेक्सन लगायतका फिचर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?