मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

६ घण्टाभन्दा कम सुत्दा देखिन सक्छ यस्ता गम्भीर स्वास्थ्य असर 

रातको समयमा सुत्नु सामान्य कुरा हो । गाउँघरमा मानिसहरू सात बजे नै ओछ्यानमा पुग्ने गर्छन् । सहरमा भने व्यस्त जीवनशैलीका कारण जागिरे परिवारहरू दश, एघार नबजी सुत्न भ्याउँदैनन् ।

अझ रात्रि कालिन काम गर्नेहरू त उज्यालो भएपछि घर आएर सुत्ने गर्छन् । अनि कतिपयको भने रातको समयमा धेरै मोबाइल चलाउने बानी हुन्छ । जस कारण उनीहरू मोबाइल चलाउँदा,चलाउँदै आधा रातमा निदाउने गर्छन् । 

मानव शरीरको लागी आँठ घण्टा निन्द्रा आवश्यक छ । तर अहिलेका पुस्ताहरु धेरैमा पाँच–छ घण्टा पनि राम्ररी सुत्ने गरेको पाइँदैन । शरीरलाई पर्याप्त मात्रामा निन्द्रा पुगेन भने हामी निरोगी रहन नसक्ने चिकित्सकहरू बताउँछन् । कम निद्राले गम्भीर रोगको जोखिम बढाउँछ । 

कम सुत्दा स्वास्थ्यमा हुने गम्भीर असरहरू :

–पर्याप्त मात्रामा नसुत्नाले युवाहरू उच्च रक्तचाप अर्थात उच्च रक्तचापको सिकार भइरहेका छन् । कम निद्राका कारण रक्तचाप २० प्रतिशतसम्म बढ्न सक्ने कुरा अनुसन्धान बाट पत्ता लागेको छ । 

–निद्राको कमीले हर्मोनमा परिवर्तन हुन सक्छ । हर्मोनको परिवर्तनले उच्च रक्तचाप र हृदय रोगको जोखिम बढाउन सक्छ । 

–निद्रा नपुग्दा उच्च रक्तचाप, मिर्गौलाको दीर्घरोग, मधुमेह, बुढ्यौली र अवरोधक स्लीप एपनियालगायतका गम्भीर रोगको जोखिम बढ्छ । 

– कम सुत्ने मानिसहरूमा पर्याप्त सुत्ने मानिसको तुलनामा रोगको जोखिम ३० प्रतिशत बढी हुने गरेको पाइएको छ ।

–अनिद्राका कारण थकान महसुस हुने, चिडचिडाहट हुने, आलस्य हुने, दिनभर अनिँदो हुने, काम तथा पढाइमा ध्यानकेन्द्रित गर्न नसकिने समस्या हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?