मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लमजुङको दोर्दीमा जिप दुर्घटना हुँदा तीन जना घाइते

लमजुङ – जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। दोर्दी गाउँपालिका-४, नौथर सेराबाट कामचोक जाँदै गरेको गरेको ग१ज ७५६१ नम्बरको बोलेरो जिप आइतबार साँझ पौने ६ बजेतिर दुर्घटना भएको हो। दुर्घटना परी ३ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये एकको अवस्था गम्भीर छ।

कामचोक गाउँ नपुग्दै चौतारोमुनि जिप दुर्घटना भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए। दुर्घटनामा परेर दोर्दी गाउँपालिका-४, बाँसबोटका ५० वर्षीय पूर्णबहादुर तामाङ गम्भीर घाइते भएका छन्। वडा नम्बर ४ कै कामचोक गाउँका ५३ वर्षीया गंगामाया गुरुङ र ४७ वर्षीया मनीमाया तामाङ पनि घाइते भएका छन्।

घाइतेको उद्धार गरी उपचारका लागि बेँशीसहर ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए। उनका अनुसार जिपका चालक प्रहरीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?