मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘द नेशनल डिजाइनर रनवे २०२४’ को प्रथम अडिसन सम्पन्न

काठमाडौं – मोडल सङ्स नेपालले आयोजना गर्दै आएको फेसन डिजाइनर र मोडलहरुको वृहत प्रतियोगितात्मक कार्यक्रम ‘द नेशनल डिजाइनर रनवे २०२४’को प्रथम अडिसन काठमाडौंमा सम्पन्न भएको छ ।

चौथो संस्करणको प्रतियोगिताको प्रथम अडिसन काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको टेस्ट टाउन फूड कोर्टमा शनिवार भएको हो ।

अडिसनमा सञ्चारकर्मी सरोज ओझा, पूर्वमोडल एवम् महिला उद्यमी रुवी महतो, डिजाइनर रनवे दोस्रो संस्करणका विजेता विप्लवराज नागर नहर र उपविजेता सरला डङ्गोल निर्णायक थिए । प्रथम अडिसनमा २५ जना डिजाइनर र ६० जना मोडलहरु सहभागी थिए ।

सहभागी डिजाइनरहरुले डिजाइन शो र मोडलहरुले ¥याम्प वाकसहित अडिसन दिएका थिए । निर्णायक सरोज ओझाका अनुसार अडिसनमा व्युटी प्याजेन्ट विजेता मोडल र दिग्गज फेसन डिजाइनहरु सहभागी थिए ।

मोडल सङ्स नेपालकी प्रबन्ध निर्देशक स्वस्ती दंगालले चौथो संस्करणको ‘द नेशनल डिजाइनर रनवे’को फिनाले आगामी फेब्रुअरी २८ मा सुकुटे बिचमा गरिने बताइन् ।

उनले प्रतियोगितामा फेशन डिजाइनरहरुले तयार पारेको पहिरनमा मोडलहरु ¥याम्पमा उत्रिएर प्रस्तुत हुने जानकारी दिइन् । ‘डिजाइन र ¥याम्प वाकका आधारमा विजेता घोषणा गरिनेछ’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?