मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माइनस १४ डिग्रीको चिसो तलाउमा पाप पखाल्न डुबे पुटिन !

काठमाडौं – रुसका राष्ट्रपति भ्यादमिर पुटिनले माइनस डिग्रीको पानीमा डुबुल्की मारेका छन् । धार्मिक मान्यतालाई आत्मसात गर्दै ७१ वर्ष पुगिसकेका पुटिन माइनस १४ डिग्रीको चिसो तलाउमा डुबेका हुन् ।

क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभले भारतीय सञ्चारमाध्यम द हिन्दूसँग कुरा गर्दै भने, पूर्वी युरोपका क्रिस्चियनको धार्मिक मान्यताअनुसार यहाँ डुबुल्की मार्दा वर्षभरिको पाप पखालिन्छ । यसलाई ‘अर्थोडक्स इपिफनी’ भनिन्छ । यसै मान्यतालाई पछ्याउँदै पुटिन राजधानी मस्कोको नजिक शून्य १४ डिग्री सेल्सियसमा एउटा क्रस आकारको तलाउमा डुबेका थिए ।

यसको भिडियो रुसका टेलिभिजनमा पनि देखाइएको थियो । पुटिनले बरफ जमेको पानीमा तीनपटक डुबुल्की मारेका थिए । तलाउको वरिपरि हिउँ जमेको देख्न सकिन्छ । पुटिनले डुबुल्की मारिरहँदा कालो पोशाक लगाएका पाँचजना व्यक्ति उनको पछाडि जिसस क्राइस्टको क्रसहित उभिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?