मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकी विद्युतीय कार टेस्ला भारतीय बजारमा लगानी गर्न तयार

काठमाडौं – पछिल्लो समय अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले भारतीय बजारमा लगानी गर्ने इच्छा देखाएको छ । भारतमा लगानी गर्ने विषयमा गत वर्ष भएको वार्ता असफल भएपनि हालै टेस्ला र भारत सरकारले यसबारे थप छलफल सुरु गरेका छन् ।

सन् २०२६ सम्म भारतमै विद्युतीय सवारीको उत्पादन सुरु गर्ने टेस्लाको लक्ष्य छ । अमेरिका–भारत रणनीतिक सहकार्य मञ्चका अध्यक्ष मुकेश अघि भारतमा टेस्ला उत्पादन कारखानाको स्थापना हुनु दुबै पक्षको हितमा रहेको बताउँछन् ।

उनका अनुसार यससँगै टेस्लाले भारतमा १ अर्ब ४० करोड सम्भावित ग्राहकको पहुँच पाउनेछ भने भारतले पनि स्वेदशमै चिप उत्पादन गरी आत्मनिर्भर बन्न सक्छ ।

त्यसअघि गत जुलाई महिनामा टेस्लाले भारतमै विद्युतीय सवारी उत्पादन गर्नेबारे विचार गरिरहेको समाचार सार्वजनिक भएको थियो । टेस्लाले हिन्द प्रशान्त क्षेत्रमा विद्युतीय कार निर्यात गर्नका लागि पनि भारतमा नै उत्पादन गर्न चाहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?