मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के मेथीले मधुमेहदेखि कोलेस्टोरलसम्म नियन्त्रण गर्छ ?

काठमाडौं – मेथी हरेक नेपाली भान्सा नहोलान्, भन्न सकिदैन् । मेथी औषधीय गुणले भरिपूर्ण छ । आयुर्वेद एवं प्राकृतिक चिकित्सामा मेथीलाई अनेक किसिमले प्रयोग गर्न सकिन्छ ।

नेशनल लाइब्रेरी अफ मेडिसिनको एक रिपोर्ट अनुसार, मेथी एकदमै पुरानो औषधीय वनस्पती हो र सदियौंदेखि यसलाई विभिन्न प्रयोजनका लागि प्रयोग गरिदै आएको छ ।

आधुनिक इजिप्टमा रोटी बनाउनका लागि गहुँ र मकैको ठोको पूरकको रुपमा मेथी प्रयोग भइरहेको छ । जबकि यमनमा मूख्य खाद्य पदार्थमध्ये एक हो यो ।

भारतमा प्रसव पीडाको दुखाई कम गर्न र सुत्केरी अवस्थामा दूध बढाउन मेथीको प्रयोग गरिदै आएको छ । यति मात्र होइन् अहिले मेथीलाई तरकारी अचारमा, मालिसमा, सौन्दर्यमा, सुगन्धमा र औषधि विज्ञानमा उपयोग गरिन्छ ।

मेथीमा के हुन्छ ?

एक अध्ययनका अनुसार प्रोटीन, फाइबर, फ्याटी एसिडले युक्त भएकै कारण मेथीमा औषधिय गुण छ । यसका साथै मेथीमा पोटाशियम, क्याल्सियम, म्याग्नेसियम, जिंक, कपर, आइरन जस्ता खनिज तत्व पाइन्छ । बीटा क्यारोटिन र भिटामिन सि मेथीको मुख्य घटक मानिन्छ ।

मेथीको दानामा एन्टिमाइक्रोबियल, एन्टिइन्फ्लमेटरी, एन्टिभाइरल, एन्टिअक्सिडेन्ट गुणहरु हुन्छन् । यसले शरीरमा एन्जाइमेटिक गतिविधि व्यवस्थित गर्न सघाउँछ ।

ज्वरो, शरीरको दुखाई कम गर्छ । बोसो नियन्त्रण गर्छ र स्तनपान एवं यौन हर्मोन बढाउँछ । यसमा भएको औषधीय गुणले कोलेस्टोरोल, मधुमेह नियन्त्रण गर्नेदेखि कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।

कसरी खाने ?

मेथीको दानालाई विभिन्न तरिकाले खान सकिन्छ । तरकारी, अचारमा त यसको स्वाद थपिन्छ नै त्यसबाहेक अलग तरिकाले पनि मेथी खान सकिन्छ । मेथीलाई रातभर भिजाएर त्यसको पानी पिउनु लाभदायक मानिन्छ ।

मेथीको दाना केही दिन भिजाएर अंकुराएपछि सलादको रुपमा पनि खान सकिन्छ । साथै मेथीलाई भुटेर, पिसेर विभिन्न रुपमा सेवन गर्न सकिन्छ ।

मेथीमा भएको घुलनशील फाइबरले पाचनप्रक्रिया बलियो बनाउँछ । मेथीले पाचन रस बढाएर अपच, कब्जियत जस्ता समस्याबाट छुटकारा दिलाउँछ । ग्याष्ट्रिक, अल्सरमा पनि यसको प्रयोग लाभदायक हुन्छ ।

मेथीमा एमिनो एसिड र बिटा क्यारोटिन पाइन्छ, जसले रगतमा भएको खराब कोलेस्टोरल र ट्राइग्लिसराइड ‘एक प्रकारको बोसो’ काम गर्छ ।

रगतलाई पातलो बनाउँछ र रक्त संचार प्रणालीलाई सहज बनाउँछ । मेथीको दाना तेलमा फुराएर मसाज गर्दा मांसपेशी दुख्ने, सुन्निने समस्या निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?