मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतमा आगामी वर्ष वार्षिक १ खर्ब डलर विदेशी लगानी भित्रिने

काठमाडौं – भारतमा आगामी केही वर्षमै वार्षिक १ खर्ब डलर प्रत्यक्ष विदेशी लगानी आउने त्यहाँका सूचना प्रविधिमन्त्रीले जनाएका छन् ।

आगामी दशक भारतको आर्थिक वृद्धिदर ६ देखि ८ प्रतिशत पुग्ने आँकलनबीच मन्त्री अश्विनी वैष्णवले अबको केही वर्षभित्र १ खर्ब डलर बराबरको वार्षिक प्रत्यक्ष विदेशी लगानी भित्रिने बताएका हुन् ।

स्विट्जरल्याण्डको डाभोसमा चलिरहेको विश्व आर्थिक मञ्चमा रोयटर्ससँगको कुराकानीमा मन्त्री वैष्णवले सरकारको स्पष्ट रणनीतिअनुसार नै यस्तो लक्ष्य लिइएको बताए ।

उनले पूर्वाधारमा लगानी, जनसङ्ख्याको तल्लो तहमा रहेका मानिसहरुलाई माथि उठाउने प्रयास, उत्पादनमा वृद्धि र भारतमा व्यवसाय गर्न थप सहज वातावरण बनाउनेतर्फ सरकारले ध्यान दिइरहेको पनि बताए ।

सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेयता भारतमा प्रत्यक्ष विदेशी लगानी बढेर गएको छ । पछिल्लो समय सामसुङ, एप्पल, किया, एअरबसजस्ता बहुराष्ट्रिय कम्पनीले भारतमा लगानी बढाइरहेका छन् ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भारतमा ३३ अर्ब भारतीय रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीका रुपमा भित्रिएको रोयटर्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?