मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बौद्ध दर्शनको कक्षा लिन हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपालमा

काठमाडौं – बौद्ध दर्शनको कक्षा लिन विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली काठमाडौंमा आएका छन् । बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन उनी नेािल आएका हुन् ।

जेट लीसँगै शनिबार अभिनेत्री मनिषा कोइराला उक्त गुम्बामा पुगेकी थिइन् । रिम्पोछेले बौद्ध गुम्बामा दुई दिनसम्म दिएको बौद्ध कक्षामा अभिनेता जेट ली सहभागि थिए । उनी छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन् ।

सन् २०२३ को क्रिसमस मनाउन पनि जेट ली काठमाडौंमा आइपुगेका थिए । उनले त्यतिबेलाको नेपाल आगमनलाई आफ्नो जीवनको विशेष अवसरको रुपमा लिएको बताएका थिए ।

यसपटकको उनको नेपाल आगमनबारे विस्तृत बताइएको छैन । अभिनेता ली बौद्ध दर्शनप्रति अभिरुचि राख्छन् । उनी चिनियाँ फिल्म अभिनेता, निर्माता, मार्शल आर्ट्सका कलाकार र सेवानिवृत्त उसु च्याम्पियन हुन् । सन् १९८२ को चिनियाँ फिल्म ‘साओलिन टेम्पल’बाट उनले अभिनयमा डेब्यु गरेका थिए ।

सन् २००० को फिल्म ‘रोमियो मस्ट डाइ’ उनको पहिलो हलिउड प्रोजेक्ट थियो । उनले ‘द वन’ ‘२००१’ र ‘वार’ ‘२००७’ मा जेसन स्ट्याथमसँग, ‘द फोर्बिडन किंगडम’ ‘२००८’ मा ज्याकी च्यानसँग, सिल्भेस्टर स्टेलोनसँग तीनवटै ‘द एक्सपेन्डेबल्स’ फिल्महरू र ‘द ममीः टम्ब’मा चरित्र खलनायकको रूपमा सह-अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?