मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठामा नेपालका वरुण चौधरी पनि सहभागी हुने

अयोध्या – विश्वभरका हिन्दूहरूको बहुप्रतिक्षित राम मन्दिर प्राण प्रतिष्ठा भोली हुदैँछ । भोलि २२ जनवरी, २०२४ अर्थात माघ ८ गते सोमबार दिउसो १२ः २० बजेको समयमा हुने प्राण प्रतिष्ठा कार्यक्रममा विश्वभरीका हिन्दु धर्मालम्बीको उपस्थिति हुने भएको छ ।

सोही सन्दर्भमा निमन्त्रणा गरिएका अतिथिहरूमा नेपालका वरुण चौधरी पनि सहभागी हुने भएका छन । आयोजक श्री राम जन्मभूमि तिर्थ क्षेत्रले निमन्त्रणा गरेको चौधरीलाई बिशिष्ट पाहुनाहरू प्रवेश हुने सुग्रिव किल्लाबाट प्रबेशको व्यवस्था मिलाईएको छ ।

कार्यक्रममा नेपालका वरुण चौधरीको उपस्थितिले अन्तर्राष्ट्रिय महत्व बढेको जनाइएको छ । केही समय अघि उनले बागेश्वर बाबालाइ नेपाल ल्याएर हिन्दुहरूको ठुलो जमघट गराएका थिए ।

अयोध्याको मुटुमा यस शुभ अवसरलाई मनाउने कार्यक्रमले भारत भित्र मात्रै होइन, विश्वभरका अनुयायीहरूको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको हिन्दु सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष निरज शाह बताउँछन् । उनि भन्छन्, ‘रामम मन्दिर प्राण प्रतिष्ठा समारोह भक्तहरूको लागि एक ऐतिहासिक क्षण हो, अयोध्यामा अवस्थित यस मन्दिरले हिन्दूहरूका लागि ठूलो धार्मिक र सांस्कृतिक महत्त्व राख्छ, र यसको निर्माण वर्षौंदेखि छलफल, विवाद र समाधानको केन्द्र बिन्दु भएको छ ।’

राम मन्दिर प्राण प्रतिष्ठा समारोह हिन्दू समुदायको दृढताको प्रमाणको रूपमा रहने छ । विश्वभरका विभिन्न पृष्ठभूमिका हिन्दू व्यक्तिहरूलाई यस ऐतिहासिक क्षणमा साक्षी र भाग लिन एकसाथ निमन्त्रणा गरिएको छ । नेपालबाट करिव ३०० जनालाई निमन्त्रणा गरिएको वताईए पनि अन्य कसैको विशेष निम्तोको पहिचान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?