मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युट्युबले किन निकाल्दै छ आफ्ना करिब १०० कर्मचारी ?

काठमाडौँ— युट्युबको प्रमुख व्यापार अधिकारी मेरी एलेनले आफ्ना केही कर्मचारी कटौती गर्ने घोषणा गरेका छन् । 

गुगलको स्वामित्वमा रहेको युट्युबले सिर्जनाकर्ता व्यवस्थापन र अपरेसन टोलीबाट कम्तीमा १०० कर्मचारी कटौती गर्न लागेको हो ।  

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार  युट्युबले प्रत्येक देशमा समर्पित केन्द्रीय नेतृत्वमा आफ्ना सामग्री सिर्जनाकर्ता व्यवस्थापन टोलीहरूलाई एकै ठाउँमा ल्याउने भएको छ । 

एक आन्तरिक कर्मचारी ज्ञापनमा, एलेनले युट्युबको व्यवसायलाई सुव्यवस्थित गर्न उद्देश्यका साथ कर्मचारी कटौती गर्न लागिएको बताइन् । 

यस्तै बर्खास्त गरिएकाहरूले युट्युबमा अन्य भूमिकाहरूको लागि आवेदन गर्ने अवसर भने पाउने जनाइएको छ ।

तर उनीहरूलाई कम्पनी भित्र नयाँ पदहरू ग्यारेन्टी गरिएको छ कि छैन भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट पारिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?