काठमाडौँ— युट्युबको प्रमुख व्यापार अधिकारी मेरी एलेनले आफ्ना केही कर्मचारी कटौती गर्ने घोषणा गरेका छन् ।
गुगलको स्वामित्वमा रहेको युट्युबले सिर्जनाकर्ता व्यवस्थापन र अपरेसन टोलीबाट कम्तीमा १०० कर्मचारी कटौती गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार युट्युबले प्रत्येक देशमा समर्पित केन्द्रीय नेतृत्वमा आफ्ना सामग्री सिर्जनाकर्ता व्यवस्थापन टोलीहरूलाई एकै ठाउँमा ल्याउने भएको छ ।
एक आन्तरिक कर्मचारी ज्ञापनमा, एलेनले युट्युबको व्यवसायलाई सुव्यवस्थित गर्न उद्देश्यका साथ कर्मचारी कटौती गर्न लागिएको बताइन् ।
यस्तै बर्खास्त गरिएकाहरूले युट्युबमा अन्य भूमिकाहरूको लागि आवेदन गर्ने अवसर भने पाउने जनाइएको छ ।
तर उनीहरूलाई कम्पनी भित्र नयाँ पदहरू ग्यारेन्टी गरिएको छ कि छैन भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट पारिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया