मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ‘ब्ल्याक होल’

काठमाडौँ— खगोलविद्हरूको एक टोलीले नयाँ ‘ब्ल्याक होल’ पत्ता लगाएका छन् । यो अहिले सम्मकै पत्ता लागेको सबैभन्दा टाढाको र सबैभन्दा पुरानो ‘ब्ल्याक होल’ भएको पनि बताइएको छ ।

नेचर जर्नलमा हालै प्रकाशित भएको एक रिर्पोटका अनुसार यो ‘ब्ल्याक होल’ धेरै पुरानो ग्यालेक्सी जीएन–जेड ११ मा देखिएको बताइएको छ । 

रिर्पोटका अनुसार जुन १३.४ अर्ब प्रकाश वर्ष टाढा रहेको छ । यो ‘ब्ल्याक होल’ सूर्यभन्दा करिब ६० लाख गुणा ठूलो रहेको छ ।

स्पेस डट कमको रिपोर्ट अनुसार क्याम्ब्रिज विश्वविद्यालयको भौतिक विज्ञान विभागका टोली नेता रोबर्टो मेलिनोले यस खोजलाई ‘ब्ल्याक होल’ विज्ञानको लागि ‘एक विशाल छलाङ’ को रूपमा परिभाषित गरेका छन् ।

वैज्ञानिकहरुका अनुसार ‘ब्ल्याक होल’हरू हाम्रो ब्रह्माण्डका त्यस्ता ठाउँहरू जहाँ केवल गुरुत्वाकर्षण र गाढा अन्धकार मात्र रहेको छ । 

‘ब्ल्याक होल’को गुरुत्वाकर्षण धेरै शक्तिशाली हुने बताइएको छ । ‘ब्ल्याक होल’ भित्र जे जान्छ त्यो कहिल्यै बाहिर आउन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?