काठमाडौँ – नीता अम्बानी भारतीय अर्वपती मुकेश अम्बानीकी श्रीमती तथा एक व्यवसायी महिला हुन् । उनको जीवनशैली र रहनसहन सधैँ चर्चामा रहन्छ ।
अरूको भन्दा निकै विलासी र फरक जीवनशैली भएकी उनले प्रयोग गर्ने लिपस्टिक देखि चिया कपसम्मको मूल्य करोडौँ रुपैयाँ पर्छ ।
यती मात्र नभएर विलासी कार,महँगा घडी र गरगहनाको समेत कलेक्सन उनीसँग छ । उनले दैनिक जीवनयापनका क्रममा प्रयोग गर्ने यी सामानहरूको बारेमा जानकारी पाउँदा अवश्य चाख लाग्ने छ ।
यातायात र सवारी
नीता अम्बानीको आफ्नौ प्राइभेट प्लेन छ । मुकेश अम्बानीले जन्मदिनमा उनलाई दिएको यो प्लेनको मूल्य ४१५ करोड भारु रहेको छ । त्यस्तै उनीसँग ‘मेबेक ६२’ हो ।
उनको मन पर्ने कार भएकै कारण उनका पति मुकेश अम्बानीले उनलाई उपहारको रूपमा लण्डनबाट मगाएका थिए ।
मुकेश अम्बानी नै ‘मेबेक ६२’ कार भारतमा भित्र्याउने पहिलो व्यक्ति हुन् । यसको मूल्य १० करोड भारु पर्छ ।
खानपान
नीता अम्बानीले दैनिकी चियाबाट सुरु हुन्छ । उनी हरेक बिहान जापानको सबैभन्दा पुरानो क्र्रेरी ब्राण्डको नोरिटेकको कपमा चिया पिउने गर्छिन् । यो कपको मूल्य ३ लाख भारु पर्छ ।
पहिरन,गरगहना
उनी घडी पनि ब्राण्डेड नै लगाउँछिन् । उनीसँग बुल्गरी, कार्टियर, राडो, गुच्ची, केल्विन क्लाइन र फान्सिल जस्ता ब्राण्डको घडिको कलेक्सन छ । यी घडीहरूको मूल्य १० देखि २० लाख पर्छ ।
त्यस्तै नीता कहिल्यै पनि दोहोर्याएर जुत्ता लगाउँदिनन् । उनी धेरैजसो गार्सिया, जिम्मी चू, पेलमोडा, पाड्रो, मार्लिन जस्ता ब्राण्डेड जुत्ता लगाउँछिन् । उक्त जुत्ताको मूल्य ५ लाख भारु पर्छ ।
यो बाहेक उनी परम्परागत गर–गहना लगाउँन मन पराउँछिन् । कार्यक्रमहरूमा सधैँ उनले लगाउने हिराको औँठी उनलाई अम्बानीले प्रेम प्रस्ताव राख्दा दिएका थिए । यसको मूल्य करिब ५ देखि ७ लाख भारु पर्छ । उनीसँग अन्य सामान जस्तै महँगा सारीको कलेक्सन छ ।
उनको सारी लगभग ४० लाख बराबरको हुन्छ । उनी अब्बू जानी सन्दीप खोसला, अनामिका खन्ना, मनीष मल्होत्रा जस्ता डिजाइनरले बनाएको सारी लगाउने गर्छिन् ।
उनीसँग संसारकै सबैभन्दा महँगो ब्याग कलेक्सन छ । शनेल, गोयार्ड, जिम्मी चू ब्राण्डका व्यागको मूल्य लगभग ४ लाख भारुबाट सुरु हुन्छ ।
सौन्दर्य
कार्यक्रमहरूमा नीता अम्बानी मेकअप गरेर नै उपस्थित हुने गर्छिन् । उनको एक्सक्लुसिब अर्डरमा बन्ने लिपिस्टिकको मूल्य ४० लाख भारु रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया