मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पूजार सार्की’ को पार्श्व गायनमा प्रकाश र शान्तिश्री

काठमाडौँ –पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश सपुत र  शान्ति श्री परियारको स्वरमा चलचित्र ‘पूजार सार्की’को प्रमुख गीत रेकर्डिङ भएको छ ।

फिल्मका निर्देशक दिनेश राउतले सामाजिक सञ्जालमार्फत गायक सपूतसँगको फोटो शेयर गर्दै यस बारे जानकारी गराएका छन् । तर उनले गीतको शीर्षक भने खुलाएका छैनन् ।

लोक शैलीमा तयार हुँदै गरेको सो गीतमा हर्क साउदको शब्द रचना, सुबास भुसालको सङ्गीत तथा हेमन्त कान्छा रसाइलीको एरेञ्ज रहेको राउतले जानकारी दिएका छन् ।

अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको महत्त्वाकाङ्क्षी चलचित्र ‘पूजार सार्की’ अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दै छन् ।

बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परीक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् ।

माघको मध्यबाट छायाङ्कन प्रारम्भ हुने यो फिल्मलाई विकास सुवेदीले लेखेका छन् । फिल्ममा सुवास भुसालको सङ्गीत निर्देशन रहने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?