काठमाडौँ – फिल्म ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अभिनयबाट दुरी बनाएका अभिनेता आमिर खान पर्दामा फर्किँदै छन् ।
सन् २०२२ पछि आमिर आफ्नो नयाँ फिल्म ‘सितारे जमिन पर’बाट पर्दामा फर्किन लागेका हुन् । उनले यो फिल्मको घोषणा गत वर्ष नै गरेका थिए । तर छोरी आइरा खानको विवाह तथा अन्य पारिवारिक काम मै व्यस्त बनेका उनी उनी आगामी महिनाबाट एकै चोटि दुई फिल्म गर्दै छन् ।
उनले यही फेब्रुअरी २ बाट ‘सितारे जमिन पर’को सुटिङ सुरु गर्ने भारतीय मिडियाहरुले बताएका छन् । यो फिल्मका लागि आमिरले आफ्नो लुक्स पनि तयार पारेका छन् भने यो फिल्मका लागि करिब ७० देखि ८० दिन समय दिँदै छन् ।
यो फिल्मको अधिकांश सुटिङ दिल्लीमा हुँदै छ । फिल्मका बारे अन्य विस्तृत जानकारी निर्माण पक्षले सार्वजनिक गरेको छैन ।
यसका अलावा उनको पाइपलाइनमा अभिनेता सनी देओलका साथ फिल्म ‘लाहोर १९४७’ पनि छ । आमिर निर्देशक राजकुमार सन्तोषी र अभिनेता सनी देओलका साथ निर्माताका रुपमा फिल्म ‘लाहोर १९४७’ बनाउँदै छन् । यो फिल्मको काम पनि आगामी महिनाबाट सुरु गर्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया