मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गर्न ‘सिनेमा संवाद’

कास्की– चलचित्र पत्रकार सङ्घ नेपाल, कास्कीको आयोजनामा सिक्लेसमा आजदेखि ‘सिनेमा संवाद’ हुँदै छ ।  कार्यक्रममा चलचित्र क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे छलफल हुने छ । 

३ वटा सेसनमा हुने कार्यक्रममा सिनेमा र सरकारले यसअघि गरेका काम र भोलि गर्नुपर्ने काममाथि छलफल हुनेछ ।

छलफलमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेत्री दिपाश्री निरौला र निर्देशक आकाश अधिकारीले प्रकाश सुवेदीसँग बहस गर्नेछन् ।

अर्को संवाद नेपाली सिनेमाको स्वादबारे हुनेछ । दिया मास्के, अनुप बराल र मनोज पण्डित सेसनमा रहनेछन्, त्यसको सहजीकरण सुरज सुवेदीले गर्छन् ।

यस्तै सिनेमा अनुभवबारे भुवन केसी र गौरी मल्लले आफ्ना विचार राख्नेछन् । सन्जोग बस्यालले उक्त सेसनलाई सहजीकरण गर्ने आयोजक चलचित्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?