मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीमानले गरे रड प्रहार गरेर श्रीमतीको हत्या

दाङ – तुलसीपुर उपमहानगरपालिका–४ तल्लो  हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीय श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका छन् ।  

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनीको शनिबार घटनास्थलमै मृत्यु भएको हो ।

पेण्डुवा धेरै मदिरा खाने भएकाले घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका छन् । 

स्थानीय मीना थापा र शिला चौधरी रड प्रहारबाट घाइते भएका छन् । मीनाको टाउकोमा चोट लागेको छ भने शिलाको हड्डीमा चोट लागेको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरू दुवै जनाको अवस्था सामान्य रहेको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?