मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हुन्डाई मोटरद्वारा नयाँ इलेक्ट्रिक ‘एयर ट्याक्सी’को प्रोटोटाइप सार्वजनिक

काठमाडौँ – हुन्डाई मोटर ग्रुपले नयाँ एयर ट्याक्सी मोडलको प्रोटोटाइप सार्वजनिक गरेको छ।

विश्व प्रविधि शो ‘सीईएस २०२४’ मार्फत सार्वजनिक यो प्रोटोटाइपले  इलेक्ट्रिक फ्लाइङ ट्याक्सी बजारमा प्रवेश गर्ने आफ्नो प्रयासलाई तीव्र पारेको कम्पनीको भनाई छ । 

लास भेगासमा भएको ट्रेड शोमा सुपरनलले एस-ए२ (S-A2), विद्युतीय ठाडो टेकअफ र ल्यान्डिङ (ईभीटीओएल-eVTOL)उत्पादन अवधारणाको प्रदर्शन गरेको थियो ।

सुपरनल कोरियाली कार निर्माता हुन्डाई कम्पनीको अमेरिकामा आधारित एयर ट्याक्सी इकाई हो । 

एस–ए२ लाई कम्पनीको अघिल्लो एस–ए १ भिजन कन्सेप्टमा निर्माण गरेको हो  । यो एक भर्टिकल–टेल विमान हो, जुन सामान्य सहरी यातायात आवश्यकताहरू पूरा गर्न १,५०० फिटको उचाइमा १२० माइल प्रतिघण्टामा उडान गर्न डिजाइन गरिएको हो।

यसले इन्नोभेसन एयरोस्पेस इन्जिनियरिङ र हुन्डाई मोटर समूहको अटोमोटिभ सौन्दर्य डिजाइनलाई संयोजन गर्ने सुपरनेलले दावी गरेको छ । जसले सहरी क्षेत्रमा मानिसहरूलाई ढुवानी गर्न नयाँ यातायातको मोड सिर्जना गर्ने समाचार एजेन्सी योनहापले उल्लेख गरेको छ ।

त्यस्तै यसले व्यावसायिक उड्डयन सुरक्षा स्तरहरू प्राप्त गर्ने र २०२८ मा बजारमा प्रवेश गर्ने तयारीका बिच सवारी साधनहरूको किफायती उत्पादनलाई सक्षम पार्न काम गर्ने कम्पनीले विश्वास लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?