मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एआईले अब बनाउने छ तपाईँले सोचेकै भरमा  स्केच 

काठमाडौँ – आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले अब तपाईले सोचेकै भरमा स्केच गर्न सक्ने भएको छ ।

नेसनल युनिभर्सिटी अफ सिंगापुरका डक्टोरल विद्यार्थी जिजियाओ चेनसहितको अनुसन्धान समूहले गत नोभेम्बरमा सार्वजनिक गरेको पेपर अनुसार मानिसको मस्तिष्क स्क्यानलाई डिकोड गरी के सोचिरहेको छ भनेर पत्ता लगाउन सकिने छ ।

तर त्यसका का लागि फङ्सनल म्यागनेटिक रिजोनेन्स इम्याजिनिङ (एफएमआरआई) भनिने मेसिनको सहयोग आवश्यक छ । यसैको सहयोगमा एआईले मानिसको मस्तिष्कमा चलिरहेको दृश्य स्केच गर्ने हो । 

अनुसन्धान टोलीले सहभागीलाई खैरो भवन, फायरट्रक र जिराफले पात खार्दै गरेको लगायत १ हजार भन्दा बढी तस्बिर एफएमआरआईबाट हेर्न लगाएको थियो ।

यता  एफएमआरआईले मस्तिष्कको सिंगनल रेकर्ड गरिरहेको थियो । उक्त सिंगनल एआई मोडललाई तालिम दिन अनुसन्धानकर्ताहरुले सम्बन्धित निश्चित इमेज र ब्रेन प्याटर्न पठाएका थिए ।

एफएमआरआई भित्र देखाइएको तस्बिरमा सिस्टमले ब्रेन वेभ्स डिटेक्ट गरेको थियो भने सहभागीको सोचिरहेको ब्रेन वेभ्स जेनेरेट समेत गरेको थियो ।

त्यसपछि एआई इमेज जेनेरेटर प्रयोग गरी सहभागीले देखेको जस्तै तस्विर निकालिएको थियो ।

उक्त एआईले जेनेरेट गरेको तस्विर वास्तविक तस्विरसँग करिब ८४ प्रतिशत मिलेको थियो।

तर यो त्यति सहज भने छैन किनभने परीक्षण गर्नुभन्दा करिब २० घण्टा अगाडि एफएमआरआई डाटाबाट प्रत्येक सहभागीको मस्तिष्कको गतिविधिमा एआई मोडललाई तालिम दिन आवश्यक छ ।

एक दशकमा  जुनसुकै ठाउँमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताको विश्वास  रहेको यो प्रविधिले अपाङ्गता भएका बिरामीहरूले के सोच्छन् र के देख्छन् भन्ने कुरा रिकभर गर्न सक्ने चेनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?