मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘रजिया सुल्तान’ : बलिउडको सबैभन्दा ‘सुपर फ्लप’ फिल्म, कारण के थियो ?

काठमाडौँ – भारतीय सिनेमामा ‘सुपरफ्लप’को सूचिमा आउने फिल्म हो  ‘रजिया सुल्तान’ ।

यसको असफलतालाई बलिउडको इतिहासमा सबैभन्दा ठूलो विपत्ति भनिन्छ भने यसले हिन्दी चलचित्र उद्योगलाई विपत्तिको छेउमा पुर्‍याएको थियो ।

यसका निर्माता कमल अमरोही हुने भने फिल्म सन् १९८३ मा रिलिज भएको थियो । रजिया सुल्तान’ त्यति बेला १० करोडको बजेटमा बनेको थियो ।

जसलाई आजको समयसँग तुलना गर्ने हो भने यो बजेट २०० करोड रुपैयाँ बराबर हो । अर्थात त्यो युगको सबैभन्दा महँगो यो फिल्मले कमाई भने विश्वभरबाट मात्र २ करोड गर्‍यो 

दिल्ली सल्तनतको पहिलो महिला शासक रजिया सुल्तानको जीवनकथामा बनेको यो  फिल्ममा काम सन् १९७५ मा सुरु भएको थियो । यो फिल्म धेरै परिवर्तन पछि  जसमा हेमा मालिनी र धर्मेन्द्र मुख्य भूमिकामा थिए ।

 ‘पाकीजा’ र ‘महल’ जस्ता अनौठो फिल्म बनाएर हिन्दी सिनेमामा नयाँ चलन सुरु गरेका कमल यस पो सफल हुने आशामा थिए । यही कारण सुपर फ्लप भए पनि फिल्मको पक्षमा देखिएका उनले यो फिल्म मसला फिल्म नभएकाले गलत बुझिएको र समीक्षकले पचाउन नसकेको प्रतिक्रिया दिने गर्थे । 

तर समीक्षकहरूले भने यसमा प्रयोग भएको भाषा र कथाको सुस्ततालाई नै असफलताको मुख्य कारण मानेको थिए । हुन पनि फिल्म ‘रजिया सुल्तान’ मा जटिल उर्दूको प्रयोग भएको गुनासो मानिसहरूले गरेका छन्, जसको कथा सुस्त गतिमा अगाडि बढेको छ ।

यो फिल्मको असफलताले धेरै फाइनान्सर, वितरक र लगानीकर्ताले ठूलो नोक्सानी बेहोरेका थिए । फिल्मको बजेट यति धेरै थियो कि हिन्दी फिल्म उद्योगको ठूलो हिस्सा घाटामा परेको थियो ।

एउटा ट्रेड म्यागेजिनले ‘रजिया सुल्तान’ का बारेमा लेख छापेको थियो, जसमा फिल्मका कारण सिंगो फिल्म उद्योग ऋणमा डुबेको दाबी गरिएको थियो तर निर्देशक कमल अमरोहीले भने जति नोक्सानी भए त्यसको जिम्मेवार आफू रहेको बताएका थिए । 

ठुलो आर्थिक नोक्सानी बेहोरेका कमल समेत धेरै समय फिल्म बाहिर रहे । पछि बहादुर शाह जफरको वायोपिक ‘आखरी मुगल’ मार्फत उनी पुनरागमनको आशमा थिए ।

तर  सन् १९९३ मा उनको मृत्युपछि स्क्रिप्ट कतै हरायो भने  ‘रजिया सुल्तान’ उनको अन्तिम फिल्म साबित भयो । अर्थात बलिउड सिनेमा नयाँ युगको सुरुवात गरेका उनको जीवनमा ‘सुपरफ्लप’ फिल्म नै अन्तिम बन्न पुग्यो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?